मङ्गलबार, बैशाख १५, २०८३

सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरी घटायो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य घटाएको छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
निगमले भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजन गर्दै घटाएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार अव पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको छ । हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ।

आजदेखि लागू हुने मूल्य घटाइएको हो । नयाँ मूल्य सूचीअअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजल ९६ रुपैयाँ ५० पैसा र मट्टिलेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ।