शुक्रबार, चैत १६, २०८०

मृगौला रोगवाट पीडितलाई सहयोग रकम हस्तान्तरण

टोकियो,विश्वाश आचार्य । नवलपरासी समाज जापानले सुस्ता गापा वड नं २ गुदरिया निवासी दुवै मृगौला रोगवाट पीडित सिताराम गुरौलाई सहयोग रकम हस्तान्तरण गरेकोछ ।

नवलपरासी समाज जापानले सामाजिक सेवा मुलक कार्यमा सहयोग गर्दै आएकोछ । समाजका पधाधिकारिहरु ले अभियानमा सङ्कलित रकम सिटि एक्स्प्रेस मनि मार्फत रु असी हजार (८००००) नेपाल पठाई सुस्ता गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डे को हात बाट मृगौला रोगवाट पीडित सिताराम गुरौ लाई सहयोग रकम हस्तान्तरण गरिएकोछ ।

यस अभियानमा सहयोगी मनहरुले तन मन जे बाट जे जति रकम सहयोग गरेकोमा त्यसकोलागि सहयोगि मनहरुलाई समाजकी उपाध्यक्ष एबम अभियानका अभियान्ता करुणा पाण्डेले सहयोगी मन सबैलाई धन्यवाद व्यक्त गरेकिछिन् । साथै सहयोग संकलन कार्यमा अहोरात्र खटेका सबै प्रती समाजले आभार व्यक्त गरेको छ ।