Nepali date


शनिबार, अशोज ४, २०७६

हिंसात्मक प्रदर्शनपछि हङकङका सरकारी कार्यालयहरु बन्द

हङकङ । हिंसात्मक प्रदर्शनपछि हङकङका सरकारी कार्यालयहरु बन्द गरिएका छन् । प्रदर्शनकारीहरुको निसानामा पर्दै आएको हङकङको सरकारी हेर्डक्वार्टर वरपरका कार्यालयहरु बन्द गरिएको जनाएको छ ।

चीनतर्फ सुपुर्दगी प्रक्रिया अघि बढाउन हङकङको विधायिका परिषद्ले विधेयक ल्याएपछि केही दिनदेखि हङकङ अशान्त छ । विधेयक त्रुटिपूर्ण रहेकाले त्यो फिर्ता हुनुपर्ने उनीहरुको माग छ । तर, उनीहरुको माग बेवास्ता गर्दै विधेयकमाथि छलफलको प्रयास भइरहेको छ । जसको विरोधमा प्रदर्शनकारीहरु कडा रुपमा प्रस्तुत भएका छन् । दोस्रो चरणको छलफल विधायिका परिषद्ले बुधबार अघि बढाउन लागेको विरोधमा प्रदर्शन उग्र रुप नै लियो । जुन प्रदर्शनलाई हङकङको दशकयताकै ठूलो भएको बताइएको छ ।

प्रदर्शनकारीले सरकारी कार्यालय वरपरका सडकमा प्रदर्शन गर्दै अवरुद्ध पारेपछि प्रहरीले उनीहरुलाई तितरवितर पार्न टियर ग्यास तथा रबरका गोली प्रहार गरेको थियो । जसबाट २२ भन्दा बढी घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

हिंसात्मक प्रदर्शनको भोलिपल्ट बिहीबार बिहान हङकङ स्तब्ध देखिएको बीबीसीले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया