Nepali date


शनिबार, अशोज ४, २०७६

लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने नेपाली कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा ९ हजार १६१ कर्मचारी माग गर्दै लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने बताएको छ । तर करारमा कर्मचारी नियुक्ति गर्न नहुने भन्दै संविधानको व्यवस्थाअनुसार लोकसेवाले कर्मचारी भर्ना प्रक्रिया पुनः अगाडि बढाउनुपर्ने बताएको छ ।

संसदको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन संविधानको मर्मअनुसार नभएको भन्दै रद्द गर्न निर्देशन दिएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समितिको निर्देशनमा कांग्रेसको समर्थन रहेको बताएका छन् । तर करारमा कर्मचारी भर्ना गर्न नहुने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया