Nepali date


शनिबार, अशोज ४, २०७६

नेपाल र मौरिससबीच श्रम समझदारीपत्रमा हस्ताक्षर

ललितपुर । नेपाली कामदार लाने विषयमा सहमतिपछि नेपाल र मौरिससबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
अब नेपाली कामदार यहीै श्रम समझदारी अनुरुप नै मौरिसस जान पाउनेछन् ।
स्विटजरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा सहभागी हुन पुगेका श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट र मौरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालीममन्त्री सुदेश एस क्यालीचर्नले समझदारीपत्रमा हस्ताक्षर गरे ।

वैदेशिक रोजगारीका गन्तव्य स्थलको विविधीकरण गर्ने सरकारको नीति अनुरुप मौरिसस सँग श्रम समझदारी गर्ने प्रकृया अघि बढाइएको थियो । अब होटल, अतिथि सत्कार र उत्पादनमुलक (म्यानफ्याक्चरिङ)का क्षेत्रमा ठूलो संख्यामा नेपाली कामदारहरुलाई मौरिसस पठाउन सकिने सम्भावना रहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । मौरिससको हावापानी र धर्म संस्कृति नेपाली कामदारका लागि अनुकुल रहेको दावी श्रम अधिकारीहरुको छ ।

सम्झौतामा दुवै मुलुकहरु पारदर्शिता, निष्पक्षता र नैतिकतामा आधारित श्रमिक भर्ना, छनौट र परिचालनको सिद्धान्त प्रति प्रतिवद्ध रहेको उल्लेख छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया