शुक्रबार, बैशाख ०७, २०८१

१६ सय विदेशी विद्यार्थी सम्पर्कविहिन भएपछि नयाँ भिसा जारी गर्न रोक लगाउने तयारी

टोकियो । टोकियो युनिभर्सिटि एण्ड ग्रायाजुएट स्कूल अफ सोसियल वेलफेयरमा भर्ना भएका १६ सय जना विदेशी विद्यार्थी सम्पर्कविहिन भएपछि नयाँ भिसा जारी गर्न रोक लगाउने तयारी गरेको छ ।

जापानको शिक्षा मन्त्रालय तथा अध्यागमन विभागले विदेशी विद्यार्थी सम्पर्क विहिन भएको घटनामा विश्वविद्यालय सजायको भागिदार हुनुपर्ने बारे विचार गरिरहेको वेला नयाँ भिसा जारी गर्न पनि रोक लगाउने भएके छ ।

क्षमता सुनिश्चित नगरिकनै त्यति धेरै विद्यार्थीलाई भर्ना गरेको र यस अवस्थाको जिम्मा विश्वविद्यालय स्वयम्ले लिनुपर्ने मन्त्रालयले बताएको छ । सो संस्थाको नयाँ ‘फयाकल्टी रिसर्च स्टुडेन्ट’ का लागि विद्यार्थी भिसा जारी नगर्ने अधिकारीहरुले निर्णय गरेका छन् । यस क्याटागोरीमा सम्पर्कविहिन भएका ८० प्रतिशत विद्यार्थी छन् । यसैक्रममा उनीहरुले युनिभर्सिटिले निजी संस्थाका रुपमा पाउँदै आएको सुविधा कटौती गर्ने वा रद्ध नै गर्ने बारे पनि अधिकारीहरु विचाराधिन रहेको बताइएको छ ।

‘फ्याकल्टी रिसर्च स्टुडेन्ट’ एक वर्षपछि युनिभर्सिटिको डिग्री कार्यक्रममा प्रवेश गर्ने तयारीमा रहेका विद्यार्थीहरु हुन् ।
सम्पर्कविहिन भएका १ हजार १ सय १३ जना विद्यार्थी फ्याकल्टी रिसर्च विद्यार्थीे थिए । शैक्षिक वर्ष सन् २०१८ मा २ हजार ६ सय ५६ मा भर्ना भएक थिए ।

शिक्षा मन्त्रालय र इमिग्रेशन ब्यूरोले सो युनिभर्सिटीका टोकियो, गुन्मा र नागोयामा रहेका ४ क्याम्पसहरुमा गत मार्च देखि मे महिनाको वीचमा निरिक्षण समेत गरेको थियो ।

सम्पर्कविहिन विद्यार्थीमध्ये अधिकांश विद्यार्थीको जापानी भाषा क्षमता एकदमै कमजोर रहेको र उनीहरुमध्ये कतिपयले एउटा कक्षापनि सहभागी नभएको पाइएको छ । @nikkei