शनिबार, बैशाख ०८, २०८१

सत्तापक्षकै सांसद् रावलले रोष्ट्रममा पुगेर भने मन्त्रीको योग्यता हेरेर दया लाग्यो

काठमाडौं । सत्तापक्षको सांसद झपट रावल प्रतिनिधिसभाको मंगलबारको बैठकमा सहरी विकास मन्त्रालयका लागि विनियोजित वार्षीक विकास कार्यक्रममा बारेमा बोल्न समय लिएर जव रोष्टम पुगे ।
सभामुखको आसनमा बसेकी सांसद राधा ज्ञवालीले समय उपलब्ध गराएपछि सांसद रावल रोष्ट्रममा उभिएर रावलले सम्बोधन सुरु गरे, सभामुख महोदय, सहरी विकास मन्त्रालय अन्तर्गतको वार्षिक विकास कार्यक्रमबारेमा बोल्न चाहन्छु । यत्ति भनिसकेपछि उनी उनी चुप लागे । बोल्नका लागि रोष्ट्रममा पुगेका सांसद मौन रहेपछि ज्ञवालीले भनिन् माननीयज्यू के भयो ? जवाफमा रावलले भने, माननीयज्यू, केही नभएकाले नबोलेकोले उनी फेरि मौन रहे । एकछिनको मौनतापछि ज्ञवाली बोलिन्, त्यसरी समयको सदुपयोग भएन कि जवाफमा गला अवरुद्ध पार्दै रावलले भने, पुस्तकमा नअटेको हुनाले सभामुख महोदय । यो दृश्य देखेर प्रतिपक्षी र सत्तापक्षका सांसदहरू कोही मुस्कुराइरहेका थिए भने कोही मुखामुख गरिरहेका थिए । सहरी विकासमन्त्री मोहम्मद ईस्तियाक राई भने असजिलो मानेर अर्थमन्त्रीको छेउमा बसिरहेका थिए । रोष्ट्रममा उभिएका रावल भने एकछिन नाडीमा रहेको घडी हेर्थे भने अर्कोपटक भित्तातिर नजर कुदाइरहेका थिए । फेरि केहीबेरको मौनतापछि ज्ञवालीले भनिन्, माननीयको सांकेतिक विरोध भइसक्यो, अब माननीयले समय लिनुहोस् । म अनुरोध गर्न चाहन्छु जवाफमा रावलले भने, भए पो बोल्नु फेरि घडी हेरेर उनले आफ्नो भनाइ सुरु गरे । ुसम्माननीय सभामुख महोदय, मै खाऊँ, मै लाऊँ, सुखसयल मै गरौँ । मै बाँचु, मै हाँसु, अरु सबै मरुन्, दूर्बलहरू मजस्ताहरू । सांसद रावलले अगाडि भने, यो सहरी विकास मन्त्रालयको वार्षीक कार्यक्रम लगायत जुन कार्यक्रम छ यसको मैले पानापाना पल्टाएर हेरेँ । बजेट आउनुपहिला चैत १५ पहिले पनि मन्त्रालयको ढोका ढक्ढक्याएँ । उनले कैलाली निर्वाचन क्षेत्र २ मा कुनै पनि आवास योजना नआएकामा विरोध गरेका थिए । उक्त क्षेत्रमा वादी बस्ती रहेको छ ।

त्यहाँ सुकुम्बासीको पनि बाक्लो बस्ती रहेको उनले जानकारी दिए । उनले भने, मेरो क्षेत्रका वादी समुदाय आकाशलाई सिरक र धरतीलाई डस्नाको रूपमा प्रयोग गरेर जीवन गुजारीरहेका छन् । मन्त्रालयको योजना आफ्नो क्षेत्रमा नपरेकामा उक्त विरोध रहेको उनको भनाइ थियो । अन्य ठाउँमा आवास योजना पर्छ, मेरो क्षेत्रमा आवास योजनाका लागि मन्त्रालयको आँखा पुग्दैन । हिजो मैले बजेट हेरेँ मन्त्री केन्द्रित, नेता केन्द्रित यो कार्यक्रम आएको हुनाले यो विभेदकारी छ ।
सरकारले जनतालाई भेगीय हिसाबले विभेद गरेको पनि रावलले बताए । २३ गतेको हावाहुरीबाट कैलाली र कञ्चनपुरमा भएको क्षतिको राहत दिन र घाइतेलाई उपचार गराउन पनि सरकारको ध्यानाकर्षण गराए ।
अन्त्यमा मन्त्रीतर्फ हेर्दै रावलले भने, सत्तापक्षको सांसद भएकाले केही भन्न सक्दैन । मन्त्रीलाई ठीक छ, तपाईंको बाँकेको क्षेत्र मात्रै विकास गरेर संसार सहरीकरण हुने हो भने म बधाई दिन्छु । तपाईंहरूको योग्यता हेरेर दया लागेर आएको छ ।