Nepali date


बुधबार, असार ४, २०७६

सिद्धार्थ बैंकको चरिकोट र रामेछापको गोकुलगंगामा शाखा स्थापना

चरिकोट । सिद्धार्थ बैंकले दोलखाको चरिकोट तथा रामेछापको गोकुलगंगामा शाखा स्थापना गरी सेवा शुरू गरेको छ ।

बैंकको चरिकोट शाखाको उद्घाटन भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी तथा शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका प्रवद्र्धक शेयरधनी आत्मकृष्ण श्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले गर्नुभएको थियो ।

बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), १०० शाखारहित बैंकिङ सेवा, १६९ एटीएम र १३ सय भन्दा बढी पीओएस मेसिनमार्फत बैैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया