मङ्गलबार, बैशाख १५, २०८३

दिल्ली उडन् लागेको नेपाल एयरलाइन्सको विमान ठुलो दुर्घटनावाट बच्यो

काठमाडौं । नेपाल एयरलाइन्सको काठमाण्डु–दिल्ली उडानमा गम्भीर त्रुटी भएको पाइएको छ । आइतबार बिहान आठ बजे नेपाल एयरलाइन्सको उडान नम्बर २०५ एयरबस ३२०–२०० जहाज काठमाण्डुबाट भारतको नयाँ दिल्ली जाने तयारीमा रहेको जहाज आइआरएस प्रणाली अन नै नगरी टेकअफका लागि रनवे लगिएको हो ।

ट्याक्सी वेमा जहाज रोकिएपछि विमानस्थलको नियन्त्रण कक्षमा सूचना आयो आइआरएस(इन्टर्नल रिफ्रेन्स सिस्टम) अन नभएकाले केही समय लाग्ने ।

यो सिस्टम सुचारी नगरी जहाज उडानु जोखिमपूर्ण मानिन्छ । पाइलटहरुका अनुसार पार्किङबाट जाँदाखेरी नै उक्त सिस्टम पूर्णरुपमा सूचारु भइसकेको हुनुपर्छ । तर नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन मोहम्मद घानी, कोपाइलट उद्धव घिमिरे र नागरिक उड्डयन प्राधिकरणका उडान सुपरीवेक्षक डिआर निरौला सहभागी उक्त जहाज उडानको समयमा गम्भिर लापरबाही गरेको पाइएको छ ।