बिहिबार, बैशाख १३, २०८१

‘पावर सेक्स’ गर्दा एक युवतीको मृत्यु,यूवक प्रहरी नियन्त्रणमा

एजेन्सी । यौन प्राकृतिक कुरा हो भन्ने जान्दा जान्दै यसको प्राकृतिक नियम विपरीत जाँदा मानिसको जीवन आनन्दमय हुनुको साटो कष्टसाध्य हुने मात्र हैन मृत्युका मुखमा समेत पुग्दछ । भारतमा यस्तै एउटा घटना घटेको छ ।
भारतको गुजरातका २६ वर्षिया किशोर गुप्ताले यौन उत्तेजना बढाउने ‘पावर सेक्स’ नामक औषधि सेवन गरेर आफ्नी केटी साथी नितासंग यौन सम्पर्क गर्दा उनको मृत्यु भएको हो ।
निताले सो औषधि खाएपछि आफ्नो उत्तेजना थाम्न नसक्दा मृत्यु भएको गुजारत प्रहरीले जनाएको छ । किशोरको बयानलाई आधारमान्दै भारतीय मिडियाले लेखेका छन्‘ निता र किशोरबीच नियमित यौन सम्बन्ध हुने गरेको भएपनि मङगलबार किशोरले औषधि खाएर यौन सम्ब्ध राखेका थिए ।
औषधि खाएको पाँच मिनेट सम्म हामीलाई ठिकै थियो, त्यो भन्दा पछाडि के भयो मलाई थाहा भएन’ किशोरले भने । उनले आफुले झण्डै एक घण्टा पछाडि मात्र आफुलाई सम्हालेको बताएका छन् । आफु सम्हालिएपछि बेहोस भएकी नितालाई उनी आफैले अस्पताल पुर्याएका थिए । घटना कसरी घट्यो भन्ने बिषयमा अस्पतालबाट सार्बजनिक भएको थियो ।
प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको छ ।