काठमाडाैँ । गायिका भिमा लामिछाने मगरको लोकपप गीत ‘धाराको पानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको शब्द संगीत रहेको उक्त गीतमा साहश शाक्यको एरेन्ज छ ।
त्यस्तै गायिका भिमा लामिछानेको एकल आवाज रहेको सोही गीत महेश लामिछाने मगरले कोरस आवाज दिएका छन् । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो प्रकाश भट्टकाे निर्देशन रहनुका साथै राजेश घिमिरेको छायांकन रहेको छ ।
बिष्णु शर्माले सम्पादन गरेको भिडियो सम्झना लामिछाने मगरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
भिडियो

