मङ्गलबार, बैशाख १५, २०८३

कांग्रेसको एकमहिने राष्ट्रिय जागरण अभियान आज सकिँदै

काठमाडौं । नेपाली कांग्रेसको एकमहिने राष्ट्रिय जागरण अभियान आज सकिँदैछ ।
गत वैशाख २५ गते सुरु भएको प्रथम चरणको अभियान आज सम्पन्न हुन लागेको हो । यो अभियानका क्रममा ७७ वटै जिल्लाका सदरमुकाममा विभिन्न कार्यक्रमहरु गरिएको छ । अभियानमा पार्टी सदस्य र शुभचिन्तकहरुमाझ पार्टीको महासमिति बैठकका निर्णयहरु जानकारी गराउने,संगठन सुदृढिकरण,कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका उपलब्धिको प्रचारप्रसार लगायतका उद्देश्य राखिएको थियो । एक महिनासम्म चलेको कार्यक्रममा पार्टी शुभेच्छुक तथा कार्यकर्तासँग अन्तक्र्रिया गरिएको र कार्यकर्ताहरुका जिज्ञासा तथा अपेक्षाहरु थाहा पाउने अवसर प्राप्त भएको नेता मीन विश्वकर्माले जानकारी दिए ।
अभियान अबधिमा कार्यकर्ताहरुले पार्टीका प्रादेशिक संरचना तथा भ्रातृ संगठनको पूर्णतालाई प्रमुखताका साथ उठाएको उनले बताए। जागरण अभियानका सिकाई र उपलब्धिबारे पर्सि २७ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।