काठमाडौं । सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।
अष्ट्रेलियाका लागि राजदूतमा महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि राजदूतमा नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । अष्ट्रेलियाका प्रस्तावित राजदूत दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छ ।
यस्तै कतारका लागि राजदूत सिफारिस भएका भारद्वाज तत्कालीन एमालेका विदेश विभागका सदस्य थिए । स्पेनका लागि राजदूत सिफारिश भएकी शेर्पा व्यवसायी आङ्गछिरिङ शेर्पाकी भतिजि हुन् । त्यस्तै बंगलादेशका लागि राजदूत सिफारिश भएका मिश्र पूर्व स्वास्थ्य राज्यमन्त्री हुन् ।

