Nepali date


बुधबार, असार ४, २०७६

गैरआवसीय नेपाली संघ जापानले जुन २९ तारिख रक्तदान कार्यक्रम गर्ने

जापान । रक्तदान जिवन दान’भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए)जापानले जुन २९ तारिख रक्तदान कार्यक्रमको आयोजना तयारी गरेको छ । परिषदले आवस्यक तयारी र सहजिकरणको लागि निरा उपाध्याय लाई संयोजकको ज़िम्मेवारी दिएको महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनु भयो ।

रक्तदान कार्यक्रमलाई प्रभावकारी बनाउन जापानी समुदायमा नेपालीहरुको सकारात्मक र नेपाली पहिचाहनलाई स्थापित गर्न तथा स्थानिय जापानीहरुसंगको भाईचारा बढाउन योगदान पुग्ने बिस्वास अध्यक्ष टाशी वाङदी लामाले बताउदै यसै सुचनालाई आधार मान्दै रक्तदानमा उपस्थित भै दिन अनुरोध गर्नु भएको छ । जापान रेडक्रश टोक्यो मेट्रोपोलितीयन ब्लड सेंटर ओएदो लाइन वाकामात्चू खवादा स्टेशन उपस्थितिको लागि सहज हुने र समय १२:०० बजेबाट बेलुकी ४:०० बजे सम्म हुने गैरआवसीय नेपाली संघ जापानले जनाएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया