मङ्गलबार, बैशाख १५, २०८३

मेयर द्वारिकलाल चौधरीलाई कारबाही गर्न कांग्रेस सांसद परियारको माग

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसदहरुले मेयर चौधरीमाथि फौजदारी कानुनअन्तर्गत कारबाही गर्न माग गरेका हुन् ।

मेयर चौधरीले भ्रष्टाचारी पक्षमा लागेर आफूमाथि पेलेको भन्दै स्थानीय एकजना पत्रकारको नाकको हड्डी भाँच्ने धम्की दिएका थिए ।

नेपाली कांग्रेसकी सांसद सुजाता परियारले मेयर चौधरीमाथि कारबाहीको माग गरिन् । उनले भनिन्,‘इटहरीको मेयरको हर्कत के हो ? पत्रकारमाथि नै आक्रमणको धम्की ? हामीले प्राप्त गरेको लोकतान्त्रिक उपलब्धि यही हो ? उनलाई कारबाही होस् ।’

यसैगरी सांसद हिरा गुरुङले पनि चौधरीको दम्भ बढी भएकोले उनलाई तत्काल कारबाही अघि बढाउन माग गरिन् ।

उनले भनिन्, ‘मेयरलाई फौजदारी अपराध अन्तर्गत कारबाहीको दायरामा ल्याउनुपर्छ । कानुनी राज्यमा कसैले पनि धम्की दिन सक्दैन ।