Nepali date


आइतवार, भदौ २९, २०७६

खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा हुने स्पोर्टस् अवार्डको तयारी पूरा

पोखरा । चौथो पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा शुक्रबार हुने अवार्ड कार्यक्रम अघि मनोनयनमा परेका खेलाडीलाई मनोनयनपत्र पत्र प्रदान गरिएको छ ।

मञ्चले यस वर्ष लाइफ टाइम अचिभमेन्ट सहित विभिन्न ८ विधामा अवार्ड प्रदान गर्नेछ। यस वर्ष वर्ष खेलाडी पुरुषतर्फ उत्कृष्ट ३ मनोयनमा अमृत थापा (स्क्वास), रुपक नेपाली (फूल कन्ट्याक्ट कराँते) र युकेश गुरुङ (प्याराग्लाइडिङ) मनोनयमा परेका छन्।

यसैगरी वर्ष खेलाडी महिलातर्फ प्रीति बराल (सफ्ट टेनिस), श्रेया केसी (सुटिङ) र सुस्मा श्रेष्ठ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका हुन्।यसैगरी वर्ष उदियमान खेलाडी विधातर्फ अनुस्का शेरचन (आर्चरी), अर्जुन कुमाल (क्रिकेट) र सुस्मिता थापामगर (आईटीएफ तेक्वान्दो) तथा वर्ष उत्कृष्ट प्रशिक्षकमा भीमसेन शाक्य (ह्याण्डबल), दीपक गोदार (फूल कन्ट्याक्ट कराँते) र राजेन्द्र पाठक (हक्की )मा वर्ष खेलाडीको रुपमा मनोनयनमा परेका छन्।

यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड भने बक्सिङका चित्रबहादुर गुरुङलाई प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले बताए ।पपुलर प्लेयर अफ दी इयरको लागि वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष उदियमान खेलाडी विधाको कुल ९ जना खेलाडी मध्ये आफूले चाहेको खेलाडीलाई एसएमएस भेटिङ खुला भइरहेको छ ।

कार्यक्रममा वर्ष उत्कृष्ट पत्रकारिता अवाडए एक जनालाई र उत्कृष्ट खेल संघलाई समेत नगद सहित सम्मान गरिने छ। बतास ब्रदर्श प्रालि अवार्डको मुख्य प्रायोजक रहेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया