शुक्रबार, बैशाख ०७, २०८१

स्याङ्ग्जा समाज जापानले जुन ३० मा पिकनिक गर्ने

टोकियो । स्याङ्ग्जा समाज जापानले सम्मर वार्वेक्यु (पिकनिक) गर्ने भएको छ ।
समाजले राहत कोष संकलन गर्नको लागि यस वार्वेक्युलाई गत बर्ष जस्तै यस वर्ष पनि निरन्तरता दिदै आएको समाजका सचिव चित्र गुरुङले जानकारी दिनु भयो ।

नेरिमा कु स्थित हिकारी गाओका नारिमासमा गरिने यस पिकनिकमा प्रती व्यक्ती ३००० जापानी येन राखिएको छ भने जोडी आगन्तुकलाई ५००० येन तोकिएको जनाएको छ ।
आगामी जुन ३० तारिख आइतवार हुने पिकनिकमा जापानबासी नेपालीहरुलाई स्याङ्ग्जा समाज जापानका अध्यक्ष सागर भण्डारीले हार्दिक आमन्त्रणा गर्नु भएको छ ।

पिकनिक कार्यक्रम हुने स्थान :
4 choume-1-1 Hikarigaoka,Nerima city
Tokyo-to 179-0072
Narimasu station,Higarigaoka station