मङ्गलबार, बैशाख १५, २०८३

प्रदेश २ मा मुस्लिम धर्मावलम्बीको पर्व इद उल फित्रको अवसरमा दुई दिन विदा

जनकपुरधाम । प्रदेश २ मा लगातार मुस्लिम धर्मावलम्बीको पर्व इद उल फित्रको अवसरमा दुई दिन विदा हुने भएको छ । केन्द्र र प्रदेश सरकारले फरक फरक दिन विदा घोषणा गरेकाले दुई दिन विदा हुने भएको हो ।

इद उल फित्रका अवसरमा केन्द्र सरकारले जेठ २३ गते विदा दिने निर्णय गरेको छ । तर प्रदेश २ सरकारले भने बुधबार अर्थात जेठ २२ गते विदा दिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रीस्तरीय बैठकले बुधबार इद उल फित्रको विदा दिने निर्णय भएको आन्तरिक तथा कानून मन्त्रालयका शाखा अधिकृत हेमबहादुर कार्कीले बताएका छन् ।

प्रदेश २ मा अधिकांश मुश्लिम धर्माम्बलीहरुले बुधबार नै इद पर्व मनाउनेछन् ।