काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै योजना नभएको स्पष्टीकरण दिएको छ।
सोलुखुम्बुको छेस्काम प्रहरी चौकी कब्जा प्रयास भएको समाचार सार्वजनिक भएपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विज्ञप्ति जारी गर्दै सरकारले आफ्नो पार्टीमाथि दमन गर्न यस्तो हल्ला फिँजाएको दाबी गरेको छ ।
‘ओली–प्रचण्ड सामाजिक दलाल सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि दमनको अनेक षड्यन्त्र र हत्या गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सोलुखुम्बुमा चौकी आक्रमण गर्ने प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ।
नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको पनि दाबी गरेको छ । ‘सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएका र त्यस प्रकारको कुनै घटना नभएको स्पष्ट गर्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्रअनुरुप ल्याएको स्पष्ट पारेको छ ।


