मङ्गलबार, बैशाख १५, २०८३

ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता,समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षबीच आधाघण्टा छुट्टै भेटघाट भएको दाहाल निकट स्रोतले बताएको छ।

दाहालले आलोपालो प्रधानमन्त्रीको विषय उठाएपछि दुवै नेताको सम्बन्ध चिसिएको धेरैले अड्कल काटिरहरेका छन् ।
दुवै नेता छुट्टै बस्नु अघि नेकपाका महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासहितको बैठक तीन घण्टा चलेको थियो ।
पार्टीको भागबण्डा, सचिवालय बैठक र संक्रमणकालिन न्यायसम्बन्धी आयोग गठन कसरी टुंगाउने भन्ने विषयमा चार नेताले छलफल गरेको स्रोतले बतायो। नेकपाको सचिवालय बैठक भोलीदेखि सुरू हुँदै छ ।
बिहिबार अध्यक्ष दाहालले आलोपालो सरकार चलाउने सहमति भएको बताएका थिए ।