बिहिबार, बैशाख ०६, २०८१

लिभरपुलले जित्यो च्याम्पियन्स लिग फुटबलको उपाधि

एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलले क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा अर्को इन्ग्लिश क्लब टोटेनहमलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो ।

स्पेनको मड्रिडमा भएको खेलमा जोर्गेन क्लोपको लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले एक एक गोल गरे । खेलको पहिलो मिनेटमै सलाहको पेनाल्टी गोलमा लिभरपुलले अग्रता बनाएको थियो । टोटेनहमका मौसा सीसोकोले ह्याण्ड गरेपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो । जसमा सलाहले सहजै गोल गरे ।

त्यसपछि खेलको ८७ औं मिनेटमा सब्सिच्युड खेलाडी ओरिगीले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए । ओरिगी ५८ औं मिनेटमा रोबर्टो फिर्मिन्होको स्थानमा मैदान छिरेका थिए । योसंगै लिभरपुलले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

यता, पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको टोटेनहम भने उपाधि जित्नबाट बन्चित बनेको छ । बल पोजिसनमा पकड जमाएपनि टोटेनहमले गोल गर्न सकेनन् । टोटेनहमका केहि उत्कृष्ट प्रहारहरु लिभरपुलका गोलकिपर एलिसन बेकरले उत्कृष्ट बचाउ गरेका थिए । टोटेनहमका ह्युङ सन मिन लगायतका खेलाडीको कडा प्रहार एलिसनले बचाएका थिए ।