Nepali date


बुधबार, असार ४, २०७६

अमेरिकाको भर्जिनियास्थित एक सरकारी भवनमा अन्धाधुन्ध गोली चल्यो

भर्जिनिया । संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा अन्धाधुन्ध गोली चलाइएको छ ।
गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोली चलाउने भर्जिनियाबीच सिटीका कर्मचारी हुन् र उनले सरकारी भवनमा ‘अन्धाधुन्ध’ गोली चलाएका थिए।
गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख जेम्स सेर्भेराले बन्दुकधारीले प्रहरीमाथि पनि गोली चलाएपछि जवाफी प्रहारमा आक्रमणकारी मारिएको बताए ।
सन्दिग्ध व्यक्तिको पहिचान खुलाइसकिएको छैन । भर्जिनियाबीच म्युनिसिपल सेन्टरमा स्थानीय समय अनुसार शुक्रबार चार बजेपछि गोली चलेको बताइएको छ।
अधिकारीहरूले मारिएकाहरूको अहिलेसम्म पहिचान सार्वजनिक गरेको छैन। @बिबिसी

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया