मङ्गलबार, बैशाख १५, २०८३

बालकको हत्यामा धामीको संलग्नता,देउताको नाममा बली

जनकपुर । अढाई वर्षीय बालकको हत्यामा धामीको संलग्नता पुष्टि भएको छ ।

धनुषा मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु साहका अढाई बर्षीय बालक आर्यन २४ वैशाखमा हत्या भएको थियो । अघिल्लो दिन साँझदेखि हराइरहेका बालकको शव घाँटी काटिएको अवस्थामा २४ वैशाखको बिहान फेला परेको थियो ।

करिब एक महिनाअघि भएको घटना प्रहरीले तीन साता लगाएर गरेको अनुसन्धानका क्रममा एक जनालाई पक्राउ गरेको छ । ढल्केबरकै शत्रुद्यन महतोलाई उनको घरबाटै बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट एक थान धारिलो हतियार, घटना गर्दाको बखत लगाएको गन्जी, गम्छा र धोतीसमेत बरामद भएको छ । महतोको साथबाट बरामद भएका धारिलो हतियारसहितका सामान शक्तिशाली धामी बन्न बालकको बली पक्राउ परेका महतो धामीको काम गर्दै आएका थिए । तन्त्र विद्या सिद्वगरी शक्तिशाली धामी बन्न बालकको बली चढाएको पाइएको धनुषाका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।

मृतक बालकको आमा रेणु देवी साह घाँस काट्न गएको बेलामा घरमा खेलिरहेका आर्यनलाई महतोले फकाएर लगेका थिए । आफनो घरमा बन्धक बनाएर राखेका उनले २४ वैशाखको बिहान २ बजेतिर शक्तिशाली धामी बन्ने अन्धविश्वासमा परी देवी देउताको नाममा बली दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘महतोले आफनै घर आँगनमा धारिलो हतियारले क्रुरुतापूर्वक घाँटी रेटी कर्तव्य गरी मारेको देखिन्छ’ जिल्ला प्रहरी प्रमुख खनालले भने, ‘हत्यापछि बालको घर पछाडि कृष्णनन्दन महतोको खेतको झाडीमा फालेका थिए ।

महतोलाई धनुषा जिल्ला अदालतमा पेश गरी पहिलो पटक दिन ७ को म्याद थप गरिएको छ