Nepali date


बुधबार, असार ४, २०७६

दक्षिणी सुडानको सीमा क्षेत्रमा जातीय भिडन्त, २२ जनाको मृत्यु

एजेन्सी । जातीय समूहहरूबीच भएका भिडन्तमा परी दक्षिणी सुडानको सीमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

सुडानका सूचनामन्त्री मिचेल मयौतले दिएको जानकारी अनुसार बिहीबार दुई जातीय समूहबीच झडप भएको र उनीहरू दुई फरक–फरक स्थानका युवाहरू हुन् ।

यसअघि गत मङ्गलबार भएको अर्को झडपमा परी एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरु १८ जना घाइते भएका थिए ।

प्रवक्ता मयौतले मङ्गलबार भएको झडपका क्रममा अरु झण्डै तीन हजार जना लुटिएको पनि जानकारी दिए । ‘मङ्गलबार विहान सुरु भएको झडप राति अवेरसम्म चलेको थियो, उनले भने ।

दक्षिणी सुडानमा लामो समयदेखि साम्प्रदायिक झडपहरू हुने गरेका छन् । उनीहरूको भिडन्तका क्रममा सयौं मारिएका छन् भने त्यो भन्दा धेरै घाइते भएका छन् । त्यसैगरी अरु धेरै जना लुटिएको अधिकारीहरूले जनाएका छन् ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया