मङ्गलबार, बैशाख १५, २०८३

बजेट भाषणमा संघीयतालाई प्राथमिकतामा राखिएन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संघीयताको पक्षमा नरहेको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा देउवाले बजेटमा समेत संघीयतालाई प्राथमिकतामा नपरेको बताए । उनले भने, ‘ओली सरकार संघीयताकै पक्षमा छैन । संघीयताको विरोधमा छ । संविधानले प्रदेशमा दिएको अधिकार समेत सरकारले खोस्न खोजेको उनको आरोप छ ।

ओली सरकार अधिनायकवादी भए अर्को आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै कांग्रेस सभापति देउवाले त्यसका लागि तयार रहन निर्देशन दिए ।