बिहिबार, बैशाख ०६, २०८१

मार्छु भन्दै अन्धाधुन्ध चक्कु प्रहार,हत्यारासहित ३ जनाको मृत्यु

टोकियो । जापानको कावासाकीमा स्कुले विद्यार्थीलाई चक्कु प्रहार गर्ने मानिसका बारेमा छिमेकीहरुले थप खुलासा गरेका छन् । ति मानिस चाँडो रिसाउने सहन शक्ति कम, मानसिक समस्या रहेको भएको जनाएको छ ।
गत मंगलबार बिहान १३ जना प्राथमिक विद्यलय तहका बालिकाहरु सहित १६ जना मानिसहरु घाईते भएका घटनामा पछिल्लो जानकारी अनुसार एक १२ वर्षिय वालिका तथा अर्का ३९ वर्षिय १ मानिस संगै स्वयम हत्यामा संलग्न व्यक्तिको पनि मृत्यु भएको छ

घटना विहान ७:४० बजेतिर नम्वु लाईनको नोबोरीतो स्टेसनबाट करिब २५० मिटर पर पार्क नजिकैको बाटोमा घटेको थियो ।
प्रत्यक्षदर्शीका अनुसार – शंकाष्पद व्यक्ति ति बालबालिकाहरु भए ठाउँमा गएर म तिमीहरुलाई मार्छु’ भन्दै चिच्याउँदै अन्धाधुन्ध चक्कु प्रहार गर्यो । प्रहरीले घटनास्थल नजिकै २ वटा चक्कु फेला पारेको र त्यसैको आधारमा अपराधी सम्म पुग्ने प्रयास गरिरहेको थियो ।

अस्पत्ताल स्रोतका अनुसार घाईतेहरु मध्ये थप २ जना बालिका तथा १ महिलाको अवस्था अझै गम्भिर रहेको छ ।यसैबिच प्रधानमन्त्री सिन्जु आवेले बालबालिकाहरुको सुरक्षाको अवस्था सुनिश्चित गर्न कडा सुरक्षा व्यवस्था कायम गर्ने बताएका छन् । @तस्विर : क्योदो