शनिबार, बैशाख ०८, २०८१

अनेसास अमेरिका सिकागो च्याप्टरद्वारा बिशेष साहित्यिक कार्यक्रम सम्पन्न

लक्ष्मण न्यौपाने,सिकागो ।

अन्तराष्ट्रीय नेपाली साहित्य समाज अमेरिका सिकागो च्याप्टरद्वारा आज सिकागोमा बिशेष साहित्यिक कार्यक्रम सम्पन्न भएके छ ।
अनेसास सिकागो च्याप्टरकी अध्यक्ष बिष्णा देबी बिरहीको सभापतित्वमा भएको कार्यक्रममा समाज सेवी भूपु सिकागो ल्यांड नेपलिज फ्रेन्डसिप सोसाईटी अध्यक्ष खेम पाठक प्रमुख आतिथि हुनुहुन्थ्यो भने लामो समय देखि साहित्यिक साधनामा निरंतर लागी रहनु भएका नेपाली वांग्मयका बरिष्ट साहित्यकार अमर त्यागी को र जुनका पाईलाकी सर्जक जुनू क्षेत्रीको बिशेष अतिथि हुनुन्थ्यो ।
समाज सेवी सीऍफ़एनएसका बर्तमान अध्यक्ष टेकराज पौडेल , हिमालयन स्पोर्ट्स क्लबका अध्यक्ष सूरज घिमिरे,अनेसास युएयी का सस्थापक एल एन सुबेदी लगायतका बरिष्ट समाज सेबी ब्यक्तित्वहरु को आतिथ्यता रहेको थियो ।कार्यकम लक्ष्मण न्यौपाने आदर्शले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा अमर त्यागीले गजल लेखनका आधारभूत नियम तथा सिद्धांतको बारे यवम यसको उत्पत्ति नेपाली साहित्यमा यसको महत्व बारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सिकागोका झंडै एक दर्जन श्रष्टाहरुले आफ्नो रचना बाचन गर्नु भएको थियो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज सिकागो च्याप्टरले त्यागीलाई उहाँको नेपाली साहित्य प्रतिको साधन र समर्पणमा लामो समय देखि लागी परिरहनु भएको हुँदा उहाँको यस कार्यको उच्च मूल्याकन गर्दै अभिनंदन गरी अभिनन्दन पत्र हस्तांतरण गरेको थियो ।
कार्यक्रमको अन्त्यमा सिकागो लैंड नेपलिज फ्रेंडसिप सोसाईटीमा आपात कालीन सहयोग कोष को स्थापना गर्ने राज थापा ज्यू लाई सम्मान गर्दै यस कोषले सिकागो बासी नेपाली माथि भैपरी आउने आपत बिपतमा आर्थिक सहयोग गर्न कोष सञ्चालनको कर्यबिधि बारे जानकारी गराइयो । कोष स्थापनको १७०१ डलर रकम हस्तान्तर गर्दै राज थापाले यस कोषले नेपाली माथि भैपरी आउने आपत९बिपतमा ठुलो सहयोग हुने र नेपाली नेपालीको एकता ,सस्थाले बहन गर्ने जिम्मेवारी र आफ्नोपन बड़ने बताउदै यसको कोष लाई प्रभावकारी ढंग बाट सञ्चालन हुनेछ भन्ने अपेक्षा ब्यक्त गर्नु भयो । राज थापाको यस्तो सामाजिक सहयोगी भाबको प्रसंशा सस्था अध्यक्ष टेक राज पौडेल लगायत अन्य सम्पूर्ण समाज सेवी बेक्तिवहरुले आफ्नो मंतब्य मा बताउनु भयो
यसरी कार्यक्रम अत्यन्त भब्य्ताका साथ सम्पन्न भयो ।