ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राजधानीमा बम विस्फोट गराउने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई माग के हो भनी प्रश्न गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले भने ‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ?
संविधान बमोजिम निर्वाचनमार्फत सरकार बनेको भन्दै प्रधामन्त्री ओलीले अब के चाहियो भनी प्रश्न गरे । प्रधानमन्त्री ओलीले सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको बतााए । विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको पनि उनले जिकिर गरे ।
प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रताको विषयमा सरकार संविधानभन्दा विपरीत नजाने पनि बताए । ‘प्रेस स्वतन्त्रताको सम्बन्धमा संविधानले व्यवस्था गरेभन्दा सरकार एक अक्षर पनि तलमाथि गर्दैन ।
पत्रकारितामा कतिपय विसंगति देखिएको भन्दै उनले सुधार गर्नुपर्ने बताए ।

