काठमाडौं । समाजवादी पार्टी नेपालकी नेतृ करिष्मा मानन्धरले पार्टी परित्याग गरेकी छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यममा उठेका विभिन्न प्रश्नको जवाफ दिदैं उनले आफूले पार्टी परित्याग गरेको बताईन् ।
करिष्माले आफू अर्को पार्टीमा आवद्ध हुने संकेत गरेकी छन् । उनले लेखेकी छन् ‘राजनिती रहरले गरिने होइन, यो हाम्रो जिवनको हरेक पक्ष संग जोडिएको छ । कोहि प्रत्यक्ष आवद्ध हुन्छन् कोहि अप्रत्यक्ष यती मात्रै फरक हो , अनि मैले पार्टी छोड्ने निर्णय लियेको हु राजनिती होईन ।’

