मङ्गलबार, बैशाख १५, २०८३

विद्युत प्राधिकरणले अढाई वर्षमा नै ११ लाखभन्दा बढी मिटर वितरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अढाई वर्षमा नै ११ लाखभन्दा बढी मिटर वितरण गरेको छ । प्राधिरकणले पछिल्लो समयमा आक्रामक रुपमा ग्राहकको संख्या बढाइरहेको छ ।
३ वर्षअघिसम्म प्राधिरकणले वर्षमा मुस्किलले १ लाख मिटर वितरण गर्ने गरेको थियो । कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा आएपछि मिटर माग्नेहरुले पनि तुरुन्तै नपाउने अवस्था अब हटेको छ ।

प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार साढे दुई वर्षको अवधिमा ६५ बाट ७८ प्रतिशतसम्म राष्ट्रिय प्रसारणलाइन पुगेको छ । यसैको बलमा प्राधिकरणले ग्राहकको संख्या आक्रामक रुपमा विस्तार गर्न सकेको उनले बताए । प्राधिरकणले ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखेर लाइन नपुगेका क्षेत्रमा बिजुली सेवा पुर्‍याइरहेको छ । यसका लागि दातृ निकायले पनि सघाउँदै आएका छन् भने प्राधिरकणले आफैं पनि वाषिर्क रुपमा बजेट छुट्याएर विजुली सेवा विस्तारको काम गरिहरेको छ ।

अढाई वर्षमा करिब १२ प्रतिशतले विद्युत सेवा विस्तार गर्न सफल भएको प्राधिरकणले अबको ४ वर्षमा देशका सबै सम्भाब्य भागहरुमा बिजुली पुर्‍याइसक्यो लक्ष्य लिएको थियो ।

‘हामीले बिजुलीको पोल, ट्रान्सर्फमर र मिटरका आधारमा हुने राजनीति अन्त्य गर्न सकेका छौं । सर्वसाधारण जनतालाई पोल र ट्रान्सर्फमरका लागि अहिले नेताबाट फोन गराउनुपर्ने अवस्था छैन,’ घिसिङले भने, ‘जनताले माग गर्नासाथ अवस्था हेरेर प्राधिरकणले आवश्यक व्यवस्था गर्छ ।

यसअघि प्राधिरमण्मा आवश्यक ट्रान्सर्फमरको पनि अभाव हुने गरेको थियो । हाल पर्याप्त ट्रान्सर्फमर आयात गरेर प्राधिरकणले वितरण सेवा विस्तार मात्रै गरेको छैन, सेवा गुणस्तरीय बनाएको छ ।
यसका कारण लो भोल्टेज र लाइन ट्रिप भएर बेला-बेलमा लाइन गइरहने समस्या पनि धेरै क्षेत्रमा हटेको छ । समस्या भएको क्षेत्रमा पनि प्राथमिकताका साथ लाइन जाने समस्या हटाउन काम भइरहेको घिसिङले बताए ।

प्राधिकरणले हाल देशभर १ सय वटा सवस्टेशन निर्माण गर्दैछ । काठमाडौंको वितरणलाइन सुधार गर्ने गरी सुधारको काम पनि भइरहेको छ । प्राधिकरणले विप्पने ग्राहकलाई निशुल्क मिटर बाँड्न योजना पनि ल्याएको छ । यसका कारण चोरीको दर पनि घटेको छ भने प्राधिकरणको आय पनि बढेको घिसिङले बताए ।

‘मिटर हाल्न नसकेकाहरुलाई हामीले निःशुल्क मिटर उपलब्ध गराउँदैछौं, यसले जनतालाई सहज भएको छ भने प्राधिकरणको पनि चुहावट घटेर फाइदा भएको छ,’ घिसिङले भने,’हिजो हुकिङ गर्न बाध्य जनताले अहिले सम्म्ानपूर्वक विजुली उपभोग गर्न पाएका छन् ।

२०७३ को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उनले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट लोडसेडिङ अन्त्य मात्रै गरेनन् घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएका थिए ।

विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आर्थिक वर्ष २०७३/७४मा प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ खुद संस्थालाई नाफा कमाएको थियो । आर्थिक वर्ष २०७४/७५मा नाफा बढेर झण्डै ३ अर्ब पुगेको छ ।