कोरिया । गायिका तायाहाङ्मा राईको एकल साङ्गितिक साँझ 2019 मे २५ शनिवार बेलुकी विविध साँस्कृतिक एवम् शुभकामना आदान-प्रदान कार्यक्रम सहित दक्षिण कोरियाको दोस्रो ठूलो शहर कीम्हे बुसानमा अबस्थित अत्यन्तै सुन्दर अनि मीठो परिकार ले प्रसिद्द लुम्बिनि रेस्टुरेन्टमा हुने भएको छ ।
नेपाली गित संगीतको संरक्षण तथा प्रबर्द्दन गर्दै नेपाली कलाकारको सम्मान हौशला स्वरुप उत्त सांझ राखिएको हुनाले सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागी लुम्बिनी रेस्टुरेण्ट का सन्चालक नरेश श्रीश मगरले अनुरोध गर्नु भएको छ ।

