मङ्गलबार, बैशाख १५, २०८३

भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार रहेको घिसिङको चुनौती

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् ।
घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि स्पष्ट पारे ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका हुन् ।

‘मैले कुनै भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार छु, ९छानबिन० सम्बन्धित निकायले गर्ला’ कुलमानले भने ‘अनावश्यक चार्ज नगर्नुहोला । सांसद भएँ भन्दैमा अनावश्यक चार्ज नगर्न अनुरोध गरेका छन् ।