पाँचथर । पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो । १ बालिका घाइते छिन् ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या गरिएको पुष्टि गरे ।
प्रहरी घटनास्थल पुगिनसकेकाले हत्या गरिएका परिवार र व्यक्तिको पहिचान हुन बाँकी छ ।
१ बालिका घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
विभत्स हत्या कसले, किन गर्यो भन्ने खुलेको छैन । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टाेली घटनास्थलतर्फ लागेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
‘घटनाबारे हामीलाई प्रारम्भिक जानकारी मात्र प्राप्त भएकाे छ । अहिले नजिकैको इलाका प्रहरी कार्यालयसँगै जिल्लाबाट टोली घटनास्थलतर्फ लागेको छ ।

