मङ्गलबार, बैशाख १५, २०८३

लेखेर के पो हुन्छ र ? सन्दर्भ बुद्ध जयन्ती २५६३

मिरा राजभण्डारी ।
जापान बसाइको क्रममा दुइतिन पल्ट नारा स्थित तोदाइजि बुद्द टेम्पल पुग्ने अवसर मिलेको थियो जहा संसारको सबै भन्दा ठुलो बुद्दको मुर्ति छ, पहिलो पल्ट मन्दिर घुम्दा गाइड ले बुद्ध धर्म कसरि जापान मा छिर्यो भनि जानकारी दिने क्रम मा बुद्ध भारत मा जन्मेको र त्यहा बाट सम्राट अशोक ले प्रचार गर्दै विश्वमा चाइना हुदै जापान छिरेको बताउदा निकै दुख लागेको थियो मलाइ , जापानी भासा राम्रो संग नआउने मलाइ,उसलाई एगो (इन्ग्लिश ) राम्रो नआउने, मैले अंग्रेजी मै भए पनि बुद्ध नेपाल मा जन्मेको र नेपालको इतिहास पढ्न भने, उनको लजिक थियो “त्यो बेला नेपाल भाने देश नै थिएन, त्यसैले बुद्द भारत मै जन्मेको र पछि नेपालमा त्यो भाग पर्यो होला भनेर जितिन, एक्लो घुम्न गाको म, अरु सब जापानिजहरु मात्र पर्यटक भएको ट्रीप थियो, उसलाई सम्झाउन मलाइ जापानिज भासा न आउने , मन त्यसै मारेर त्यो ट्रीप सकाए, तर मनमा एउटा नमिठो हलचल भै रहेको थियो, जब आवाश फर्के तब नेपालि दाज्यु भाइ हरु बिसेस गरि शाक्य , महर्जन शेर्पा मगर हरु जो बौद्द धर्मावलम्बी थिए (म हिन्दु तान्त्रिक धर्मावलम्बी अन्तर्गत को नेवार ) लाई, सो कुरा बताउदै किन जापान मा त्यस्तो गलत सुचना प्रवाह भै रहेछ भनि सोधीखोजी गरे, उनीहरु येस बिसयेमा नेपाल सरकारको नीति र उदासिनता लाइ देखाउदै पन्छिए यो कुरा सन् २००५-७ तिरको हो । दुइ वर्ष जापान बसाइमा तीनपटक नारा तोदाइजि बुद्ध टेम्पल पुगे हरेक पटक गाइड को मुखबाट त्यहि प्रबचन सुन्थे फर्किन्थे मन अमिलो पार्दै . सन् ७ मा नेपाल फर्के पछि ट्याक्सी ,रिक्साको पछाडी बुद्ध वास बर्न इन नेपाल लेखेको पढ्दा म जापानमा गाइड ले भनेका कुरा सम्झिन्थे लेखम कि जस्तो लाग्थ्यो तर लेखेर समय फाल्नु निरर्थक लाग्थ्यो ।

दोश्रो घटना श्री लंका मा २०१२ मा अंतर्रास्त्रिये सेमिनार मा जाँदा स्लिडाले हामि लाइ क्यान्डी घुमाउन लगे जहा बुद्धको माथिल्लो दांत सुरछित राखिएको छ . अंग्रेजी तमिल सिन्घाली र एउटा स्थानिय गरि चार भासामा संचार प्रवाह गरि रहेको श्री लंका ले येसको फाइदा प्रसस्त उठाएको छ, बुद्ध धर्म र क्यान्डीको प्रचार गरेर , बर्सेनि लाखौ पर्येटक श्री लंका क्यान्डी मा बुद्दको दांत भएको मन्दिर दर्शन गर्न आउछन, आन्तरिक पर्यटन को बिकाश पनि त्यस्तै हिसाब ले बिकसित हुँदै छ क्यान्डी मा …क्यान्डी मा मन्दिर छिर्न शुल्क तिर्नु पर्छ, सके सम्म सेतो कपडा लाइ प्राथमिकता दि इञ्छ, महिला हरु टाउको छोप्न पाउदैनन, हात को पाखुरा छोप्नु पर्छ , पुरुष हरुले अनिवार्य लुंगी लगाउनु पर्छ, येति धेरै नियेम छ क्यान्डी को बुद्द मन्दिर मा , सफा येति छ कि हरियालीको त बयान गरेर साध्य छैन, कमलको फुल चढ्ने यो मन्दिरमा मन्दिर बाहिर कमलको फुल ब्यापार ( सेतो कमल बिशेस ) गर्नेको लामबाद्दा पसल ले र सेतो पहिरन मा श्री लंकाली जनताको घुइचो देख्दा लाग्छ बुद्द येही जन्मेका हुन् , जुन संस्कार र धार्मिक नियेम श्री लंकामा देखे , जापान मा देखे त्यति कैले नेपाल मा देखिने हो आशा गर्न हिच्किचाउछु म किनकि मेरो देशमा बस ट्याक्सी र रिक्सा को पछाडी मात्र पढ्ने गर्छु बुद्द वाज बर्न इन नेपाल ।

कैले काही सम्झिन्छु,.. जापान र श्री लंका बाट फर्के पछि नेपाल टेलिविजन का तात्कालिन डाइरेक्टर राजेन्द्र देव आचार्यज्यु संग अब नेपाल टेलिविजन ले पनि अंग्रेजी लगायेतका भासामा प्रसारण गर्नु पर्छ, श्री लंकामा जस्तै ग्लोवली, नत्र नेपालको पर्येतन मा स्वएंभु आउने पर्यटक श्री लंका मै सिमित हुन्छ भनेका राखेका प्रस्ताब हरु,.. निरर्थक लाग्छन अझै, किनकि लेखेर के पो हुन्छ र मेरो देश मा ? ..जहा संचार जगत लाइ राजनीति मै फुर्सद हुन्न , अनि आफ्नोमा नहुदा संचार माथि अझै दमनको नीति ल्याउन जुर्रुक्क्क जुर्रुक्क हुन्छन मेरो सरकार ।