काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा संसद भवन अगाडि प्रदर्शन गर्ने भएको छ ।
महासंघले भोली शुक्रवार काठमाडौंमा संसदबाहिर र अन्य जिल्लाको सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो ।
आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

