Nepali date


बिहिबार, साउन २, २०७६

कुटपिटको घटना : जापानमा एक नेपाली पक्राउ

टोकियो । कुटपिटको घटना संलग्न रहेको भन्दै जापानमा फेरि अर्का एक नेपाली पक्राउ परेका छन् ।
गत मार्च महिनामा टोकियोको मिनातो वार्डको एक रेस्टुरेन्टमा भएको कुटपिटमा संलग्न रहेको भन्दै विज्ञान गौचन नाम गरेका एक नेपालीलाई पक्राउ गरिएको हो । त्यसदिन अन्दाजी १ सय जना जति मानिसहरु सहभागी भएको एक पार्टीमा कुटपिटको घटना घटेको थियो ।

उक्त घटनामा ग्लासले प्रहार गरी एक जनालाई घाईते बनाएको र सोहि घटनामा संलग्न रहेको भन्दै उनलाई पक्राउ गरिएको, सोमबार जापानी संचार माध्यमहरुमा समाचार प्रकाशित गरिएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया