Nepali date


सोमवार, जेष्ठ ६, २०७६

जनजाति महासंघ बुसान दक्षिण कोरियाको अध्यक्षमा मिलन राई चयन

कोरिया । नेपाल आदिवासी जनजाति महासंघ ख्यङसाङनाम्दो बुसान शाखा दक्षिण कोरियाको मे ११ शनिबार सम्पन्न भएको दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा मिलन सोझे राई निर्विरोध चयन हुनुभएको छ । दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा रहेका विभिन्न संघसंस्था, बुद्दिजिवि, पत्रकार लगायतका व्यक्तिहरुको बाक्लो उपस्थितिका बिच सम्पन्न अधिवेशनबाट अध्यक्षमा राई सहित नयाँ कार्यसमितिको चयन भएको छ ।

नयाँ कार्यसमितिको चयन संगै पद तथा गोपनियताको सपथ ग्रहण पश्चात आफ्नो संक्षिप्त भनाइ राख्दै अध्यक्ष राईले महासंघको विधान क्षेत्राधिकार भित्र रहदैं सम्पूर्ण जातिय संस्थाहरुलाई समेट्दै अन्य संघसंस्थाहरुसंग आपसी सद्भाव र भाइचाराको सम्बन्धलाई कायम राख्दै संस्थालाई अगाडि बढाउने कुराको प्रतिबध्दता गर्नुभएको छ ।

नवनिर्वाचित कार्यसमितिको नामवली
(१)अध्यक्ष :- मिलन सोझे राई
(२)बरिष्ठ उपाध्यक्ष :- खगेन्द्र पालुङवा लिम्बु
(३)उपाध्यक्ष :- दिप थापा मगर
(४)उपाध्यक्ष :- रन तामाङ
(५)उपाध्यक्ष :- परि गुरुङ
(६)महासचिव:- राम तामाङ
(७)सचिव:- सन्जोग कन्दङवा
(८)सचिव :- सन्त तामाङ
(९)कोषाध्यक्ष :- राज तामाङ
(१०)सदस्य:-बिक्रम गुरुङ
बाँकी रहेका पदहरुमा कार्यसमितिले आफ्नो पहिलो बैठकबाट पदाधिकारी मनोनयन गरेर पदपुर्ति गर्नेछन् ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया