Nepali date


बिहिबार, साउन २, २०७६

अष्ट्रेलियामा सिटी एक्सप्रेसको औपचारिक रुपमा सुरु

अष्ट्रेलिया । सिटी एक्सप्रेस मनि ट्रान्सफरले अष्ट्रेलियाबाट पनि आफ्नो सेवाको शुरुवात गरेको छ । शुक्रबार औपचारिक उद्घाटन सम्पन्न भएसँगै सिटी एक्सप्रेस मनि ट्रान्सफरकोे सेवा अष्ट्रेलियाबाट पनि शुरु भएको हो । शुक्रबारदेखि अष्ट्रेलियावाट पनि सिटी एक्सप्रेसमार्फ़त वैधानिक माध्यमवाट नेपालमा पैसा पठाउन सकिने व्यवस्था गरिएको छ ।

यस अघि यूरोपका विभिन्न मुलुकहरु यूके,जर्मनी,नेदरल्याण्ड,पोर्चुगल,बेल्जियमको भ्रमण पनि सिटी एक्सप्रेसका डाईरेक्टर महेश श्रेष्ठले गर्नुभएको थियो ।

सिटी एक्सप्रेसका डाईरेक्टर श्रेष्ठलगाएत एनआरएनए हरुको सहभागितामा सिटी एक्सप्रेसको अस्ट्रेलियाको उदघाटन गरिएको थियो ।
सिटी एक्सप्रेस अस्ट्रेलियाको जिम्मा एनआरएनए एनसीसी अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा एनआरएनए ओसियानाका पूर्व संयोजक गोवा कटुवाल र समिप कटुवालले लिनुभएको छ ।

सिटी एक्सप्रेसले अस्ट्रेलियामा आफ्नो शाखा खोलेसंगै अस्ट्रेलियाबाट नेपालमा बैधानिक माध्यमबाट रेमिटेन्स भित्रने आशा बढेको छ । कार्यक्रममा अष्ट्रेलियाका लागि लागि नेपाली महावाणिज्यदूत दिपक खडका, एनआरएन उपाध्यक्ष कुमार पन्त, कुल आचार्य,महासचिव बद्री केसी,एनआरएन युरोप संयोजक शिवकुमार बरुवाललगायतको सहभागिता रहेको थियो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया