शुक्रबार, चैत १६, २०८०

टोकियोमा नेपालको बिविधता समेटिएको बृत्तचित्र प्रदर्शन गरिने

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानको आयोजनामा यही मे १७ तारिखका दिन दुई नेपाली डकुमेन्ट्री प्रदर्शन गरिने भएको छ । जापानको टोकियो स्थित सोलमारी मुरा हलमा नेपाल अपाङ्ग महासंघका शारिरीक अपाङ्गता बिभागका केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेलको जिवन संघर्ष र पर्यटकिय क्षेत्र नेपालको बिविधता समेटिएको बृत्तचित्र प्रदर्शन गरिने भएको हो ।

एनआरएन जापानका महासचिव बुद्धिराज घिमिरेका अुनसार आपाङ्गता सम्बन्धी सामाजिक दायित्व र जनचेतना अभिबृद्धि गर्ने साथै नेपाल पर्यटन बर्ष २०२० लाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ पर्दशनी गरिन लागिएको हो ।

कार्यक्रममा नेपाल अपाङ्ग महासंघका अध्यक्ष निलकण्ठ पौडेल ,गणेश प्रसाद पाण्डे, सिद्ध बहादुर बाँनीया क्षेत्री र हर्क बहादु तामाङको सहभागीता रहनेछ । साथै डकुमेन्ट्री प्रदर्शन सम्पन्न गरेपछि अन्तरक्रिर्या कार्यक्रम पनि रहेको तामाङले बताए ।