मङ्गलबार, बैशाख १५, २०८३

नेवा:अन्तर्राष्ट्रिय फोरम जापानले बुद्ध जयन्ती समारोह गर्दै

टोकियो । नेवा:अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष झैँ यो वर्ष पनि बुद्ध जयन्ती समारोह आयोजना गर्दैछ ।
मे २५ तारिख शनिवारको दिन टोकियो हाचिओउजीमा अवस्थित “जिन्तोउईन (禅東院)बिहारमा”गरिने २५६३ औं बुद्ध जयन्ती समारोहमा सम्पूर्ण जापानवासी नेपालीहरूलाई भाग लिनहुन हार्दिक अनुरोध गरिको छ। उक्त्त समारोहमा शान्ति दुत बुद्ध , बुद्धको जन्मस्थल लुम्बिनी र बुद्ध ज्ञान सम्बन्धि चर्चा गरी, पुजाको पनि आयोजना गरिने छ । जापानमा मनोरञ्जनात्मक कार्यक्रम धेरै हुन्छन् तर यस्तो आध्यात्मिक कार्यक्रम धेरै कम हुनेगरेको पाईन्छ ।

बुद्ध जयन्ती बौद्ध धर्मालम्वीले मात्र नभई हरेक नेपालीले मनाउनुपर्ने कर्तव्य हो । अझ बिदेशमा त विषेश किसिमले मनाउनुपर्छ भन्ने यस संस्थाको धारणा छ, कारण शान्तिको दुत बुद्ध हाम्रो देशको पहिचान पनि हो । बिदेशमा नेपालको र नेपालीको परिचय दिँदा बुद्धको जन्म स्थल भएको देश हो , बुद्धको जन्म स्थल भएको देशवासी हौं भन्छौं । वास्तवमा बुद्ध जयन्ती यो संस्था त्यो संस्थाले आयोजना गर्ने नभईकन सबैलाई समेटेर नेपाल राजदुतावासले गर्नुपर्ने हो तर बिडम्बना जुन बुद्धको , बुद्ध जन्म स्थल लुम्बिनीको परिचय दिँदै देशमा लाखौं पर्यटन भित्राउछु भन्ने सरकारी निकाय यसमा उदाशिन देखिन्छ । तर पनि कसैले त गर्नुपर्यो भन्ने हेतुले यस संस्थाले आफ्नो स्थापना वर्ष सन् २००३ देखि निरन्तर आयोजना गर्दै आएको छ ।

कार्यक्रमबारे विस्तृत जानकारी
कार्यक्रम हुने :-मिति: २०१९ मे २५ तारिख शनिवार समय: बिहान १०:०० बजे ~ १५:०० बजे सम्म स्थान: जिन्तोउईन बिहारमा (禅東院)”
ठेगाना : 17-19 Honcho Hachioji टोकियो
(JR Hachioji स्टेशन बाट पैदल १० मिनेट / Keio Hachioji स्टेशन बाट पैदल १३ मिनेट )
दिवा भोज शुल्क : १,००० येन
कार्यक्रम सम्बन्धी कुनै जानकारी लिन परेमा सम्पर्क नं : ०८०-६५५५-६६६७/०८०-७९६५-३३११/०७०-१२११-१५०२/०९०-३९६०-७०५९