कैलाश खत्री/मन्थली ।
रामेछापको सदरमुकाम मन्थलीमा आर्थिक वर्ष २०७६÷०७७ को योजना तर्जुमा र बजेट निर्माण सम्वन्धि अन्तरक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । प्रदेश नम्वर ३ प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको त्यस कार्यक्रमको संयोजन जिल्ला समन्वय समिति रामेछापले गरेको थियो । अन्तरक्रिया कार्यक्रमको औचित्यको बारेमा तीन नम्वर प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले जानकारी दिनुभएको थियो ।
यस्तै अन्तरक्र्रियामा तीन नम्वर प्रदेशका सांसद शान्ति प्रसाद पौडेल,रिता माझी,संविधान सभा सदस्य तारानारायण श्रेष्ठ,जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम वहादुर खड्का,रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डे लगाएतको उपस्थिति रहेको थियो । त्यस अन्तरक्रिया कार्यक्रममा रामेछाप जिल्लाका आठ वटै स्थानिय तहका प्रमुख प्रतिनिधि,प्रमुख प्रशासकिय अधिकृत सहित वडाध्यक्षहरुले भाग लिएका थिए ।
रामेछाप जिल्लामा रहेका सरकारी कार्यलयका प्रमुखहरुले आफ्नो कार्यालयले सम्पादन गरिरहेका कामको विषयमा जानकारी दिएका थिए । जसमा संघ तथा प्रदेश स्तरका कार्यलयहरु रहेका थिए । यता स्थानिय तहका जनप्रतिनिधिहरुले भने समन्वय नै नगरी विकाश आयोजनाहरु सञ्चालन भैरहँदा स्थानिय नागरिकहरुले प्रश्न गरिरहेकोले तत्काल स्थानिय तहलाई जानकारी दिएर विकाश आयोजना सञ्चालन गर्न माग गरेका थिए ।

