मङ्गलबार, बैशाख १५, २०८३

देश विकासको सरकारले काम गरिरहेका छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि संसदमा उडेको प्रश्नको जवाफ दिदैं देश विकासको सपना दिउँसै देख्नुपर्ने बताएका छन् ।
उनले राती देख्ने सपना तरंग मात्रै भएको टिप्पणी गरे ।
मंगलवार संसदमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उनले भने केही साथीहरुलाई सपना राती मात्रै देख्ने हो भन्ने लागेछ । त्यसो होइन देश बनाउने सपना दिउँसो नै देख्ने हो । शहीदको सपनालाई पूरा गर्न देश विकास गर्नैपर्ने सपना देख्नुपर्छ ।

प्रधानमन्त्री ओलीले प्रस्तुत नीति कार्यक्रममा राष्ट्रियताको सवालमा,देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता लगायतका विषयमा स्पष्ट दृष्किोण आएको दावी गरेका छन् । त्यसैगरी हामीले लडेर ल्याएको लोकतन्त्रको बारे कसैले शंका नगर्न पनि आग्रह गरे ।
जनताको शासनमा समाजको सम्पूर्ण पक्षहरु न्याय, सामाजिक न्याय तथा न्यायोचित वितरणलाई समेटेर लोकतन्त्रको समावेशी सहभागिता मुलक आजको आवश्यकता रहेको दावी प्रधानमन्त्री ओलीले गरे ।
‘आजको र भोलीको निम्तिको लोकतन्त्रलाई व्यापक अर्थमा प्रयोग गरिएको छ । राजनीतिक स्वतन्त्रा र मौलिक हक वा बहुदलीय प्रतिस्र्धात्मक प्रणाली आवाद्यिक निर्वाचन, स्वतन्त्र प्रेस, न्यायलय मूल्य मान्यताको रुपमा प्रस्तुत गरेको छ, उनले भने ।
नीति तथा कार्यक्रममा दुरगामी भिजन पनि राखेको बताएका छन । उनले ३ वर्ष, ५ बर्ष र २५ बर्ष पूरा गर्न सकिने कार्यक्रम तय भएको पनि दावी गरे ।