शुक्रबार, चैत १६, २०८०

संसदमा पेश गरेको नीति तथा कार्यक्रम राम्रो निबन्ध : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका सांसदद्धय प्रकाशमान सिंहले संसदमा पेश गरेको नीति तथा कार्यक्रम राम्रो निबन्ध भएको बताएका छन् । सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि बोल्दै नेताद्धयले विद्यार्थीले लेखेको राम्रो निबन्ध भएको र यसले विकासको मार्ग नखुल्ने बताएका छन् ।

काठमाडौको क्षेत्र नं १ बाट निर्वाचित भएका सिंहले काठमाडौको धुलो अझै हट्न नसकेको बताए । प्रधानमन्त्री मन्त्रीहरुले मास्क हटाएपनि जनताले अनुहारबाट मास्क खोल्न नसकेको दावी गरे । उनले प्रधामन्त्री सबै विषयको ज्ञाता भएकाले नीति तथा कार्यक्रम पनि नारा मात्रै आएको बताए । राजमार्गमा आकस्मीक हवाइजहाज ल्याण्ड गर्ने सोच बनाइएको बताइएपनि त्रिभुवन विमानस्थलको हालत नै खराब भएकाले त्यो कार्यान्वयन हुननसक्ने बताए ।

उनले नीति तथा कार्यक्रम खल्तीमा पैसा नहुने यो पनि त्यो पनि गर्छु भने जस्तै भएको पनि सांसद सिंहको भनाई थियो । त्यसैगरी कांग्रेसकै अर्का सभासद बालकृष्ण खाँड संशोधन प्रस्ताव आफूहरुले त्यतिकै राखेको होइन । संशोधन संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि जुन ढंगले गरिन्थ्यो त्यो भन्दा पृथक ढंगले आएको छ त्यो भुलवश आएको हो भन्ने आफूहरुलाई लागेको बताए ।

उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ठाउँ ठाउँमा ‘मेरो सरकार’ भन्नुभएको छ त्यसलाई भावनात्मक रुपमा आनन्द पनि आउन भन्दै तर संविधानले ‘मेरो सरकार’को व्यवस्था नगरेको दावी गरे ।