शुक्रबार, बैशाख ०७, २०८१

अष्ट्रेलियामा यौन हिंसाको आरोपमा भारतीय आध्यात्मिक गुरु पक्राऊ

अष्ट्रेलिया । अष्ट्रेलियामा यौन हिंसाको आरोपमा एक भारतीय आध्यात्मिक गुरु पक्राऊ परेका छन् ।
आनन्द गिरि नाम गरेका ती भारतीय योगा शिक्षक हुन् । उनले आफू अध्यात्मिक गुरु समेत रहेको दाबी गर्दै आएका छन् । ३८ वर्षीय गिरि आध्यात्मिक भ्रमणको लागि अष्ट्रेलिया आएका थिए ।
भारत फर्किने तयारीमा रहेका उनलाई प्रहरीले आइतबार पक्राऊ गरेको हो ।
गिरिले प्रार्थनाको क्रममा एक २९ वर्षिया महिला र अर्की ३४ वर्षिया महिला माथि यौन हिंसा गरेको आरोप छ । अदालतमा आइतबार भएको सुनुवाईपछि उनलाई बुधबार फेरी अदालतमा उपस्थित गराइने भएको छ ।