बिहिबार, बैशाख १३, २०८१

प्रदेश ३ सरकारको नीति तथा कार्यक्रम ल्याउने अन्तिम तयारीमा छौं : प्रदेश मन्त्री ढुंगेल

हेटौडा । ३ नम्बर प्रदेश सरकारले यही जेठ पहिलो साता नीति तथा कार्यक्रम ल्याउने गरी गृहकार्य अगाडि बढाएको छ ।
संवैधानिक व्यवस्था अनुसार जेठ पहिलो साता नीति तथा कार्यक्रम ल्याउन लागिएको तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनु भयो । प्रदेश सरकार गठनपछि दोस्रो पटक नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको हो ।

प्रदेशको मौलिकता र छुट्टै पहिचान नीति तथा कार्यक्रममा समेटिने बताउदै मन्त्री ढुंगेले भौतिक पूर्वाधारको साथै कृषि, पर्यटन लगायतको विषयलाई प्राथमिकतामा राखिने बताउनु भयो ।
नीति तथा कार्यक्रममा मासु, दूध, अण्डामा आत्मनिर्भर बनाउने, पर्यटन भ्रमण वर्ष सफल पार्ने, पूर्वाधार विकासलगायत समेट्ने गरी नीति तथा कार्यक्रम तयार हुने भएको छ । मन्त्री ढुंगेलले भने,‘ कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण, कृषिमा स्वरोजगार सिर्जना गर्ने सडक सञ्जालाई प्रदेशभर जोडने कार्यक्रम तय गरेका छौं ।

प्रदेश सरकारले गत वर्ष निकै महत्वाकांक्षी योजना समेटेर १ सय १५ बुँदे नीति तथा कार्यक्रम ल्याएको थियो ।