मङ्गलबार, बैशाख १५, २०८३

समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता गर्ने सहमति

काठमाडौं । संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ ।
फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले आज (शनिवार) सहमति पत्रमा हस्ताक्षर गरेका छन् । दुवै पार्टी एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने छ ।
पार्टी एकताको घोषणासभा वैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा हुनेछ ।
‘विगत केही समयदेखिको व्यापक छलफल र विचार विमर्शपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण गरी समाजवादी पार्टी नेपाल पार्टी निर्माण गर्ने ऐतिहासिक सहमति भएको छ’ सहमतिपत्रमा भनिएको छ ।
समाजवादी पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्री असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने सहमतिमा उल्लेख छ ।