मङ्गलबार, बैशाख १५, २०८३

आगामी वर्षको बजेटबाट सरकारी कर्मचारीको तलब बढाउने घोषणा

काठमाडौं । सरकारले आगामी वर्षको बजेटबाट सरकारी कर्मचारीको तलब बढाउने घोषणा गरेको छ । शुक्रवार संसदमा प्रस्तुत नीति तथा कार्यक्रमबाट सरकारले कर्मचारीहरुलाई हालसम्म प्रदान गरिंदै आएको सेवा सुविधामा पुनरावलोकन गर्ने नीति लिएको छ ।

अघिल्लो वर्ष तलब भत्तामात्र बढेकोमा कर्मचारीहरु यो वर्ष तलब बढाउनुपर्ने लविङ रहेका छन् ।
अलमल गर्ने, काम नगर्ने, अनुशासनहीन, अनियमितता र भ्रष्‍टाचारमा संलग्‍न हुने जोकोहीलाई कडा कारबाही गरी राम्रो काम गर्ने पुरस्कृत गर्ने परम्परा बसाल्ने नीति अख्तियार गरी सरकारले कार्यक्रममा उल्लेख गरेको छ ।