मङ्गलबार, बैशाख १५, २०८३

डिएसपी ढुंगेल निलम्बन : अभियुक्तसंग मिलोमतोको आरोप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी कुमोध ढुंगेललाई निलम्बन गरेको छ ।

चोरी तथा डकैतीमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्क रहेको आरोप लागेका ढुंगेल बिहीबार निलम्बनमा परेका हुन्।

चैत २६ गते रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठले डिएसपी ढुंगेलको नाम लिएका थिए। र, उक्त घटनाको अनुसन्धानको क्रममा अभियुक्तको फोनमा ढुंगेललाई पठाएको सन्देश र उनीसँगको सम्पर्क देखिएपछि छानबिन गर्न उनलाई निलम्बन गरिएको हो।