शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनए दक्षिण कोरियाको सातौं अधिवेशन अगष्ट १७ र १८ मा गर्ने

कोरिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सातौं अधिवेशन अगष्टमा गर्ने घोषणा गरिएको छ ।
एनआरएनए दक्षिण कोरिया अध्यक्ष लक्ष्मी गुरुङले आगामी अधिवेशनको टुंगो लगाइएको जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार आगामी अधिवेशन अगष्ट १७ र १८ मा गर्ने तय भएको हो । अधिवेशनको लागि आवश्यक तयारीसमेत थाली सकिएको अध्यक्ष गुरुङले बताउनुभयो ।