मङ्गलबार, बैशाख १५, २०८३

बालुवाटारको जग्गा प्रकरणमा आफ्नो दोष देखिए दण्ड स्वीकार्न तयार : डा.भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता हुनुमा आफ्नो दोष देखिए दण्ड स्वीकार्न तयार रहेको बताएका छन् । सोमबार संसद बैठकमा संबोधन गर्दै भट्टराईले नियतवश संलग्नता देखिएमा आफू दण्ड स्वीकार्न तयार रहेको बताएका छन् ।

तुलनात्मक रुपमा स्वच्छ छवि भएका प्रधानमन्त्रीहरु नै बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएको भन्दै भट्टराईले यसको जरासम्म पुग्ने गरी छानबिन हुनुपर्ने बताएका छन् । ‘नियतमात्र ठीक भएर हुँदो रहनेछ, हाम्रो संस्थाहरु कति बेकम्मा रहेछ ?’ उनले भने ‘नियतवश संलग्नता देखियो भने म दण्ड स्वीकार्न तयार छु ।’

ललिता निवासको जग्गामा एक अर्कालाई आरोप प्रत्यारोप गरेर मात्र समस्या समाधान नहुने भन्दै यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने उनको भनाइ छ ।